प्रदेश १ : मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ : मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार


२३ माघ २०७८, आइतबार


विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सात मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै राईले सत्तारूढ गठबन्धनका दलहरूलाई समेटेर आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

राई नेतृत्वको मन्त्रिपरिषदमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री छन् । उनी यसअघि देखि नै मन्त्री थिए ।

हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् भने केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् । उनीहरू पनि यसअघि नै मन्त्री भइसकेका थिए ।

स्वास्थ्य मन्त्रीमा जयराम यादव, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई नियुक्त भएका छन् ।

यस्तै राजन राई सामाजिक विकास मन्त्री, खिनुलङवा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री भएकी छन् ।

झलकबहादुर मगर कृषि मन्त्री भए भने शेखरचन्द्र थापा वन वातावरण तथा भू-संरक्षण मन्त्री भएका छन् ।

यस्तै ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका हुन् ।

मुख्यमन्त्री राईले उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्री र विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस