निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल


२३ माघ २०७८, आइतबार


बागलुङ । नेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताएकी छन् ।

प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताएकी हुन् ।

उनले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरिन् । ‘संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन’, नेत्री अर्यालले भने ।

उनले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताए । उनले भने, ‘संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन ।’

Tags :
प्रतिक्रिया दिनुहोस