सिमकोट विमानस्थलको हवाई सेवा अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिमकोट विमानस्थलको हवाई सेवा अवरुद्ध


२३ माघ २०७८, आइतबार


उडान रद्द

सिमकोट । गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ ।

मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एक मात्रै विमानस्थल चार दिनदेखि ठप्प छ ।

हिमपातले चार दिनदेखि नेपालगन्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलमा दैनिक १५ सम्म उडान हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस