२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘त’ भन्दा’

अ+ अ-

टीकापुर । कैलालीकी रुपा हिजोआज सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन् । तीन सन्तानकी आमा उनले श्रीमान्बाट कहिल्यै राम्रो व्यवहार पाइनन् । पतिले उनलाई सधैं घरको नोकरजस्तै सोंचिरहे र कहिल्यै राम्रो बोलिबचनसम्म गरेनन् ।

सन्तान नहुर्कुञ्जेल रुपाले यी सबै व्यवहार सहेर बसिन् । उनलाई सन्तान हुर्किसकेपछि श्रीमान्ले गर्ने दुर्व्यवहारविरुद्ध आवाज उठाउन मन लाग्यो । वैवाहिक जीवनको २३ वर्षपछि उनले अगल हुने निर्णय गरिन् । ‘मलाई श्रीमान्ले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिएनन् । खान लाउन दिए, धन सम्पत्ति दिए तर इज्जत दिएनन्’ उनले भनिन्, ‘दम्पत्ती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधैं मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर उनले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने ।’

रुपा श्रीमानले दास सम्झने व्यवहारकै कारण आफू मिलेर बस्न नसकेको बताउँछिन् । ‘उहाँ अरु केही गलत हुनुहुन्नथ्यो्, म आत्मसम्मान गिरेको महसुस गर्न थालें, उनले कहिल्यै बुझ्नु भएन’ उनले भनिन्, ‘मनमुटाव बिस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय गर्‍यौं।’

सम्बन्ध विच्छेदपछि हाल उनी सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन् । उनी हिजोआज सामाजिक जीवनमा सक्रिय छन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन् ।

कैलालीकै रमा धामीलाई पनि श्रीमान्को व्यवहार पटक्कै मन पर्दैन । उनी श्रीमान्ले जीवनसाथीको जस्तो व्यवहार गरुन भन्ने चाहन्छिन् । प्रेम विवाह गरेकी उनले सुरुवाती दिनमा श्रीमान्बाट साथीजस्तै व्यवहार पाउँथिन् । विवाहपछि व्यवहार बदलियो । ‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौं, परिवारको सहमतिमा विवाह भयो’, उनी भन्छिन्, ‘भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकी रहेछ भनी कुरा काटे ।’

परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो पर्‍यो । उनले बोलीवचनमा सुधार गरिन् । परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गरिन् तर उनका श्रीमान्ले थप बोली र व्यवहार बिगारे । तिमी भनेर बोल्ने श्रीमान् त भनी सम्बोधन गर्न थाले । ‘हामी विवाहपछि बराबरी रहेनौं, हाम्रो हैसियत समेत बदलियो’, उनले भनिन् ।

दम्पती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ । तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् ।

सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् । ‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसामात्र गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ’ शिक्षक झपट कडायत भन्छन्, ‘परिवारका सदस्यले पनि दम्पत्तिका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।’

बलियो र दिगो सम्बन्धका लागि जसरी श्रीमतीले श्रीमान्लाई साथ दिन्छिन् यसैगरी श्रीमान्ले समेत साथ दिन आवश्यक छ ।

अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम सदियौँदेखि चलिरहँदा समाजमा महिलाहरू महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछिन् । ‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पती र परिवारले नै लिन नसकेको देखिन्छ’ उनी भन्छिन्, ‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको संख्यासमेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।’

अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्ध विच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउँछन् । ‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्ध विच्छेदका भएका छन् । सम्बन्ध विच्छेदले परिवार विखण्डन भएको छ’ उनले भने, ‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्वाद हुन्छ । उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन् ।’

उनी पुरुषले माया देखाउन नजान्दा र महिलाको कानुनीरुपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउँछन् । ‘महिलालाई अहिले कानुनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ’ उनी भन्छन्, ‘समान अस्तित्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।’