आजदेखि सामान्यतया मौसममा सुधार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजदेखि सामान्यतया मौसममा सुधार


२३ माघ २०७८, आइतबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज सामान्यतया देशैभर मौसम सफा रहेने जनाएको छ ।

केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो ।

मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात र वर्षा पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमा महाशाखाको विष्लेषण छ । मौसममा सुधार आएसँगै तापक्रम पनि बढ्नेछ ।

महाशाखाका अनुसार आइतबार दिउँसो मौसम सफा नै रहनेछ भने राति प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस