राहदानी विभागको अनलाइन फर्म किर्ते आरोपमा तीन पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राहदानी विभागको अनलाइन फर्म किर्ते आरोपमा तीन पक्राउ


२१ माघ २०७८, शुक्रबार


काठमाडौँ । राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका–७ सिन्धुपाल्चोक घर भई काठमाडौँको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, बेसी सहर गाउँपालिका–११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नवीनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका(१२ सुर्खेत बस्ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई त्रिपुरेश्‍वरस्थित राहदानी विभागको हाता बाहिरबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट कम्प्युटर, ल्यापटप र प्रिन्टर एक-एक वटा तथा ४० हजार नगद र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूमाथि ‘किर्ते गर्न नहुने’ कसुर मा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँ जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस