सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन


२१ माघ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । 

रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्व सर्त भएको उल्लेख गर्दै यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् । 

शुक्रवार सिंहदरवारस्थित रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा उनले विकास निर्माणको कामलाई सहज ढङ्गले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारे । 

बैठकमा प्रधानमन्त्री देउवाले चालू आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराएका छन् । उक्त अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापना लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस