प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित


२१ माघ २०७८, शुक्रबार


उडान रद्द

काठमाडौँ । काठमाडौँ आउने रुटमा प्रतिकुल मौसमका कारण समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ ।

जसले गर्दा उडान तथा अवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको कार्यालय स्रोतले जनाएको छ ।

बुद्ध एयरका अनुसार गन्तव्य विमानस्थलमा भन्दा शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ । यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्ध हुने समस्या समेत आएको छ ।

विमानस्थल कार्यालयका अनुसार बिहान सिमराका लागि निर्धारित उडानहरु रद्ध भएका छन् । जनकपुर, भरतपुर तथा पोखराका उडान समेत डिले हुने समस्या छ ।

Tags :
प्रतिक्रिया दिनुहोस