किसान आन्दोलनमा साथ दिन सीके राउतको अपिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

किसान आन्दोलनमा साथ दिन सीके राउतको अपिल


२१ माघ २०७८, शुक्रबार


जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनलाई निर्णायक बनाउन अन्य राजनीतिक दल तथा सङ्घ-सङ्गठनहरूलाई सहयोगको अपिल गरेको छ ।

पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्ति जारी गरी ‘संयुक्त किसान आन्दोलन मोर्चा’को आवश्यकता देखिएकाले मोर्चामा सहभागी हुन किसानको हित चाहने राजनैतिक दल तथा सङ्घ-सङ्गठनहरूसँग अपिल गरेका छन् ।

जनमत पार्टीले बिहीबारदेखि पूर्व-पश्चिम राजमार्ग पुनः बन्द गराउने घोषणा गरेको थियो । तर प्रहरीले दमन गरेपछि आन्दोलन पूर्ण प्रभावकारी हुन सकेन ।

किसानलाई मल खाद उपलब्ध गराउनुपर्ने, पेन्सनको व्यवस्था हुनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी पुस ९ गतेदेखि आन्दोलित छ । तर सरकार आफ्नो माग बेवास्ता गरेको आरोप जनमत पार्टीले लगाउँदै आएको छ ।

सरकारले हालसम्म पनि किसान आन्दोलनलाई पूर्ण रूपमा बेवास्ता गरेको, उल्टै आन्दोलनमाथि दमन गरेको, झुटा मुद्दा लगाएको तथा आन्दोलनकारीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गरी हिरासतमा यातना दिइराखेको जनमत पार्टीको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस