पछिल्लो २४ घण्टामा थप ३१७५ जनामा कोरोना सङ्क्रमण ,८७२३ जना निको « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा थप ३१७५ जनामा कोरोना सङ्क्रमण ,८७२३ जना निको


२० माघ २०७८, बिहिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनामा गरेको परीक्षणबाट उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।

मन्त्रालयका अनुसार २७४२ पिसिआर परीक्षणबाट र ४३३ एन्टिजेन परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८७२३ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

यसैगरी सोही अवधिमा १४ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल देशभर ६३ हजार २९६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस