साढे ३ हजार घुससहित वडासचिव पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

साढे ३ हजार घुससहित वडासचिव पक्राउ


२० माघ २०७८, बिहिबार


पक्राउ

जनकपुरधाम । बाराको कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साहलाई अख्तियारको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ ।

सेवाग्राहीबाट साढे ३ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा वडासचिव साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पक्राउ गरेको हो ।

आयोगका अनुसार वडासचिव साहले जग्गा नामसारी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।

अख्तियारको टोलीले पक्राउ परेकै ठाउँमा जनप्रतिनिधिको रोहबरमा मुचुल्का तयार पारेर उनलाई हेटौँडा लगेको छ । वडासचिव साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारका अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस