२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस काउन्सिलको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुस्ट्याइँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी तथ्यगत पुस्ट्याइँबेगर सामग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चारमाध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएको प्रति काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

समाचार सामग्री तयार एवं सम्प्रेषण गर्नु पूर्व सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गरी वितरण र सम्प्रेषण गर्न गराउन समाचार संस्था, सञ्चारमाध्यम र सम्बन्धित पक्षसँग काउन्सिल अनुरोधसमेत गरेको छ ।

काउन्सिलका प्रवक्ता दीपक खनालले हस्ताक्षर गरेको सो विज्ञप्तिमा तथ्यगत पुस्ट्याइँ नभई अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले सञ्चारमाध्यमले सत्य, तथ्य, सन्तुलित एवं विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७५) मा सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन/प्रसारण वा बाह्य लिङ्कहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्दछ भन्ने व्यवस्थाका बारेमा पनि स्मरण गराइएको छ ।