उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले गरे पदभार ग्रहण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले गरे पदभार ग्रहण


२० माघ २०७८, बिहिबार


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् ।

आज (बिहीबार) प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् ।

सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरुले प्राधिकरणको छवि उज्ज्वल बनाउन सफलताको शुभकामना पनि दिएका छन् ।

प्राधिकरणमा ११ औँ तहमा रहेका उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको हो । उनलाई चार वर्षका लागि सरकार प्राधिकरणको महानिर्देशक बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस