बाँकेमा कोरोना संक्रमितको मुत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बाँकेमा कोरोना संक्रमितको मुत्यु


२० माघ २०७८, बिहिबार


दाङ । बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

दाङ शान्तिनगर गाउँपालिका–२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो ।

बुधबार राति उनको उपचारका क्रममा मृत्यु भएको बाँकेका जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस