राष्ट्रियसभाको चुनावमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न एमालेको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभाको चुनावमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न एमालेको निर्देशन


१९ माघ २०७८, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले हालै सम्पन्न भएको राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

आज (बुधबार) बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै आजको बैठकले जनसङ्गठनको महाधिवेशनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीको नियमावली पारित गर्दै फागुनभरी सदस्यता नवीकरण अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रत्येक सदस्यले तिर्ने शुल्कमध्ये केन्द्रमा ४० प्रतिशत, प्रदेश र जिल्लामा २५/२५ प्रदेश र जिल्ला कमिटीमा १० प्रतिशत रहने भएको छ ।

रौतहटको पार्टी विवाद सुल्टाउन सङ्गठन विभागलाई जिम्मेवारी दिने निर्णय भएको पनि गुरुङले जानकारी दिए ।

स्थानीय तहको चुनावका लागि दबाब दिन केन्द्र र सात वटै प्रदेशमा प्रशिणमुलक कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै नवयुग मासिक पत्रिकालाई पार्टीको सैद्धान्तिक तथा वैचारिक मुख पत्रका रूपमा चौमासिकरूपमा निकाल्ने निर्णय पनि बैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस