वीपी स्वास्थ्य प्रतिष्ठानमा एकैदिन दुई जना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीपी स्वास्थ्य प्रतिष्ठानमा एकैदिन दुई जना सङ्क्रमितको मृत्यु


१९ माघ २०७८, बुधबार


काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

करिब तीन घण्टाको फरकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सह प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार सुनसरीको धरान नगरपालिका-१० का ५८ वर्षीय पुरुषको उपचारको क्रममा आज (बुधबार) बिहान ७ बजे मृत्यु भएको हो । यस्तै धरान नगरपालिका-११ का ६३ वर्षीय पुरुषको बुधबार बिहान ९:५५ बजे मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी समस्या भएका ५८ वर्षीय पुरुषमा माघ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनले कोरोनाविरुद्धको खोप लगाएका थिए । मधुमेहका रोगी समेत रहेका ६३ वर्षीय पुरुषमा भने माघ १२ गते सङ्क्रमण पुष्टि भएको थियो । उनले भने कोरोनाविरुद्धको खोप नलगाएको पाइएको डा. पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस