पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना सङ्क्रमण , १२ को मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना सङ्क्रमण , १२ को मृत्यु


१९ माघ २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरेको ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।

मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ७५५५ जना कोरोना सङ्क्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस