मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासमा सडक ओगटेर राखिएका निर्माण सामग्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासमा सडक ओगटेर राखिएका निर्माण सामग्री


१९ माघ २०७८, बुधबार


काठमाडौँ । सरकारले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाएको छ । ती सामान हटाउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री स्थलगत अनुगमनमा पुगेकी थिइन् ।

धोबीखोला सरसफाइ गर्ने क्रममा त्यस क्षेत्रका स्थानीयले सडक छेकेरै जथाभाबी निर्माण सामग्री राखेका थिए ।

मन्त्री झाँक्रीको निर्देशनमा डोजर लगाएरै ती सामग्री हटाइएको छ । स्थलगत अनुगमनका क्रममा सरकारी अधिकारीले पुन: सामान राखे जरिबाना गर्ने चेतावनी दिए । फुटपाथका पसल पनि हटाउन निर्देशन दिइएको थियो ।

करिडोरको सडक आसपास इँटा, प्लास्टिक ट्याङ्की, बालुवा, रडलगायतका सामान राखिएको थियो । मन्त्री झाँक्रीले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण नसहने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस