गत वर्षमात्र नाइजेरियामा बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गत वर्षमात्र नाइजेरियामा बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या


१९ माघ २०७८, बुधबार


लागोस । नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् ।

प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतङ्ककारीहरूले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।

साथै उनीहरुले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक सिकार भएका हुन् ।

कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो ।

साथै गत वर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरुलाई पनि आतङ्ककारीले गोली हानी घाइते बनाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस