काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफल भएको छ ।
उनीहरूबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले छलफल भइरहेको स्रोतले बतायो ।
अमेरिकी सहायता परियोजना (एमसीसी) र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । देउवाले पछिल्लो समय एमसीसी अनुमोदन गर्न दबाब बढाएपछि गठबन्धनमा चिसोपना आएको छ ।







