भरतपुरमा भूमिको निस्सा वितरण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भरतपुरमा भूमिको निस्सा वितरण


१९ माघ २०७८, बुधबार


मुग्लिन । चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो ।

भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, वडा नं १४ का अध्यक्षसहितको टोलीले निस्सा वितरण गरेका हुन् ।

पुर्जा वितरणको अन्तिम प्रक्रियाका लागि नापीको पनि काम सुरु भएको तिमिल्सिनाले जानकारी दिए । जिल्लाका तीन स्थानीय तहमा लालपुर्जा वितरणका लागि प्राविधिकसहितको टोली वडा वडामा खटिएको छ ।

लालपुर्जा वितरण चाँडै गरिने अध्यक्ष तिमिल्सिनाले बताए । आयोगले भरतपुर महानगरपालिकाको ६ तथा कालिका नगर र माडी नगरका तीन–तीन वडाबाट पहिलो चरणमा काम सुरु गरेको हो ।

भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस