कर्णाली प्रदेशसभाबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णाली प्रदेशसभाबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत


१९ माघ २०७८, बुधबार


कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठकबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत भएका छन् ।

कर्णाली प्रदेशसभाको बैठक चालु नभएको अवस्थामा कर्णाली प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी भएका पाँच अध्यादेश बैठकबाट सर्वसम्मत स्वीकृत भएका हुन् ।

बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई ‘कणाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८’ र ‘कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश, २०७८’ स्वीकृतका लागि सभामा प्रस्ताव गर्न समय दिए ।

उक्त विधेयक योजनामन्त्री विन्दमान विष्टले यही पुस २८ गते प्रदेशसभामा पेश गरेका थिए । पेश भएका कुनै पनि अध्यादेशमा विरोधको सूचना नआएपछि सभामुख शाहीले सभामा निणयार्थ पेश गरेसँगै तीनवटै अध्यादेश सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।

त्यसैगरी, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले हिजो प्रदेशभसा बैठकमा स्वीकृतिका लागि प्रस्ताव गर्नुभएको ‘प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७८’ पनि सभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ ।

उक्त बैठकमा कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंह, सामाजिक विकास समितिका अध्यक्ष देवी ओली र विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियारले आ–आफ्ना समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ २३ गते दिउँसो १ बजे बस्ने सभामुख शाहीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस