नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त


१८ माघ २०७८, मंगलबार


काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा अधिकारीलाई नियुक्त गरिएको हो ।

यसअघि उनी प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस