स्थानीय तह निर्वाचनको प्रस्तावित मिति जेठ ४ गते, प्रधानमन्त्री र आयोगबिच छलफल जारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तह निर्वाचनको प्रस्तावित मिति जेठ ४ गते, प्रधानमन्त्री र आयोगबिच छलफल जारी


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । सरकारले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचनको मिति घोषणा गर्ने गरी निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मन्त्रीहरूसहित आयोगका पदाधिकारीहरुसँग छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले यसअघि नै स्थानीय निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर, सत्तारुढ गठबन्धनभित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको छैन ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिँदै छ । त्यही कारण देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी छलफल थालेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस