हेटौँडा सवारी दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हेटौँडा सवारी दुर्घटनामा एक जनाको मृत्यु


१८ माघ २०७८, मंगलबार


मकवानपुर । मकवानपुरको हेटौँडामा सोमबार साँझ साढे ८ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१च ५९९४ नंको बोलेरो र विपरीत दिशातर्फ आउँदै गरेको को१ख १३२८ नंको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बोलेरो चालक काठमाडौँ बालाजु बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की मृत्यु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा–११ चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै सोही दुर्घटनामा परेर बोलेरो सवार सोही ठाउँ बस्ने अन्दाजी ५० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस