लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अदालतको अनुमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अदालतको अनुमति


१७ माघ २०७८, सोमबार


काठमाडौँ । कास्की जिल्ला अदालतले ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले हिजो (आइतबार) थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो । यससँगै लाउरे कम्तीमा ३७ दिन प्रहरी हिरासतमा रहने छन् ।

लागु औषध मुद्दामा प्रहरीले बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। प्रहरीले लाहुरेसहित चार जनालाई पक्राउ गरेको थियो । लाउरे सेवनकर्तामात्र भएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

कास्की प्रहरी प्रमुख थापाले ब्राउन सुगरको परीक्षण प्रतिवेदन नआइसकेकाले ढिला भएको बताए । ‘हामीले परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाएका थियौँ तर प्रतिवेदन अझै आइपुगेको छैन’, एसपी थापाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस