लागूऔषधसहित दुईजना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लागूऔषधसहित दुईजना पक्राउ


१७ माघ २०७८, सोमबार


पक्राउ

जनकपुरधाम । सर्लाही प्रहरीले एक महिलासहित दुई जनालाई विभिन्न लागूऔषधसहित पक्राउ गरेको छ ।

सदरमुकाम मलंगवा नगरपालिका ७ गणेशिया टोलबाट टेम्पोमा सवार महिलालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।

प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पोमा सवार मकवानपुरको कैलाश गाउँपालिका ५ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई २० किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

यस्तै, कबिलासी नगरपालिका ८ बाट प्रहरीले कारमा सवार एक व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ । मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एचआर २६ बीएफ १८७६ नम्बरको कारलाई जाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

कारमा सवार लालबन्दी नगरपालिका ८ बस्ने ४३ वर्षीय अख्तर हुसेनको साथबाट डाइलेक्स डिसी सय एमएलको ११ बोतल, नुफिनरफेरगन ११ एम्पुल र हाइटेक इन्जेक्सन ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस