१ किलो आठ ग्राम अवैध सुनसहित एक जान पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१ किलो आठ ग्राम अवैध सुनसहित एक जान पक्राउ


१७ माघ २०७८, सोमबार


पक्राउ

गण्डकी । प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरेको हो ।

काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा–१५ रामबजारका २५ वर्षीय रमेशलाई चारपाटे बिस्कुट आकारको एक केजी आठ ग्राम सुनसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुन्दर तिवारीले जानकारी दिए ।

निजका साथबाट विभिन्न बैंकका तीन थान चेकबुकसमेत बरामत गरिएको जनाइएको छ । निजलाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस