संविधानसभा सदस्य डा. दुमनसिंहको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संविधानसभा सदस्य डा. दुमनसिंहको निधन


१७ माघ २०७८, सोमबार


बुटवल । संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ ।

केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डा. थापाको ह्याम्स अस्पताल काठमाडौँमा आइतबार (हिजो) साँझ निधन भएको हो ।

अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य हुन् ।

उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस