केशरमहल परिसरको सम्पत्ति संरक्षण गरिनेछ: शिक्षामन्त्री पौडेल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

केशरमहल परिसरको सम्पत्ति संरक्षण गरिनेछ: शिक्षामन्त्री पौडेल


१७ माघ २०७८, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केशरमहलस्थित केशर पुस्तकालय परिसरको भौतिक सम्पत्तिलाई सरकारले संरक्षण गर्ने बताएका छन् ।

मन्त्री पौडेलले हिजो सो स्थलमा भइरहेको पुनः निर्माणका कामको निरीक्षणपछि त्यहाँको जग्गा निजी क्षेत्रलाई प्रयोग गर्न नदिइने स्पष्ट गरे ।

उनले उक्त जग्गा निजी क्षेत्रलाई दिने भन्ने कुनै हल्लाको पछि नलागेर उक्त क्षेत्रको जग्गालाई संरक्षणमा लाग्न कर्मचारीहरूलाई निर्देशन दिए । मन्त्री पौडेलले विकास समिति बनाएर त्यहाँको ३४ रोपनी जग्गाको उपयोग गरिने जनाए ।

विगतमा सो स्थलमा शिक्षा मन्त्रालयसमेत रहेकामा हाल मन्त्रालय सिंहदरबारमा सरेको छ भने उक्त परिसरमा स्वप्न बगैँचा रेष्टुरेन्ट सञ्चालित छ । केशर शमशेरले आफ्नो निजी पुस्तकालय सरकारलाई दान दिएपछि विसं २०२६ देखि सरकारले सञ्चालन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस