नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ


१३ माघ २०७८, बिहिबार


काठमाडौँ। महानगरीय प्रहरी परिसरले नक्कली मास्क बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की , भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्‍ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी गाउँपालिका-१ घर भई सातदोबाटो बस्‍ने २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन्।

प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेजबाट २१ कार्टुन (३०२४ थान मास्क), ६५ बट्टा (११७० थान मास्क), वानसेट सप्लायर्सबाट ८ कार्टुन (१९२० थान मास्क) बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस