मोरङमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मोरङमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ


१३ माघ २०७८, बिहिबार


हत्या

विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

बुधबार राति साढे ११ बजे सामान्य विवादमा उनले बुबाको हत्या गरेको आरोप लागेको छ । बुधबार राति विवाहमा मापसे गरी फर्किएका उनी सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप लागेको छ ।

घटनाको अनुसन्धानका लागि राति नै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस