नेपाल आयुर्वेद चिकित्सक सङ्घको १०औँ महाधिवेशन स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल आयुर्वेद चिकित्सक सङ्घको १०औँ महाधिवेशन स्थगित


१२ माघ २०७८, बुधबार


काठमाडौँ । कोरोना महामारी बढेपछि नेपाल आयुर्वेद चिकित्सक सङ्घको १०औँ महाधिवेशन स्थगन भएको छ ।

सङ्घको महाधिवेशन यही माघ २१ र २२ गते आयोजना गरिएको थियो । कोरोना नियन्त्रण गर्न सरकारले भीडभाड गर्न रोक लगाएका कारण अर्को सूचना प्रकाशित नभएसम्म सङ्घको महाधिवेशन स्थगन गरिएको अध्यक्ष डा. प्रकाश ज्ञवालीले जानकारी दिए ।

कोरोना सङ्क्रमण मत्थर भएपछि पुनः महाधिवेशन गरिने सङ्घले जनाएको छ ।

सङ्घको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको थियो । महाधिवेशन स्थगन भएसँगै सङ्घले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण जारी रहेकाले नवीकरण र सदस्यता लिन सम्पूर्ण आयुर्वेद चिकित्सकसँग आग्रहसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस