होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ


१२ माघ २०७८, बुधबार


पक्राउ

मङ्गलबारे । होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले इलामबाट तीनजनालाई पक्राउ गरेको छ ।

सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–६ का २२ वर्षीय नरेश तामाङ र २२ वर्षीय अभिषेक तामाङ रहेका छन् । त्यस्तै माई नगरपालिका–१ का २२ वर्षीय रमेश बराइली रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।

गएराति ती फ्रेम तोडफोड गरेको सिसी टिभी क्यामेरामार्फत थाहा पाएर सोही भिडियोका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कन्याम प्रदेश नं १ को पर्यटकीय नगरीका रूपमा परिचित छ । सोही ठाउँमा प्रयोग भएका र प्रयोग गर्न राखिएका विभिन्न होडिङबोर्डका फ्रेम तोडफोड गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस