जापानद्वारा नेपाललाई १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण सहायता « प्रशासन
Logo ८ जेष्ठ २०७९, आइतबार
   

जापानद्वारा नेपाललाई १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण सहायता


११ माघ २०७८, मंगलबार


काठमाडौँ । जापान सरकारले नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ ।

२१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जापानले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।

आज (मंगलबार) अर्थ सचिव मधुकुमार मरासिनीले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान पत्रमा हस्ताक्षर गरेका छन् । यस्तै जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

जापानी दूतावासले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको छ । कोरोना भाइरसबाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग महत्त्वपूर्ण साबित हुने विश्वास जापानले लिएको छ ।

जापान सरकार नेपाललाई सबै प्रकारको सहायताका लागि प्रतिबद्ध रहेको समेत दूतावासले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस