पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु


११ माघ २०७८, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै मंगलबार कोरोना भाइरसका कारण ८ जनाले ज्यान गुमाएका भएको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस