केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न विद्यार्थी सङ्गठनको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न विद्यार्थी सङ्गठनको माग


११ माघ २०७८, मंगलबार


काठमाडौँ । सत्तारुढ दल निकटका विद्यार्थी सङ्गठनले काठमाडौँ मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् ।

नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियु, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चाको अखिल छैठौंसहित ८ विद्यार्थी सङ्गठनका प्रतिनिधिले काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई भेट गरी केएमसी र नोबेलविरुद्ध ठगी मुद्दा चलाउन माग गरेका हुन् ।

केएमसी र नोबेल कलेजले विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि एमबिबिएस, बीडीएस र बीएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको विद्यार्थी सङ्गठनहरूले बताएका छन् ।

‘नियम विपरीत अतिरिक्त शुल्क लिएका, विद्यार्थीलाई अवैध करारनामा गर्न बाध्य पारेका र चर्को मूल्यमा नियम विपरीत छात्रावासलाई अनिवार्य बनाई विद्यार्थीलाई लुटिरहेका यी मेडिकल कलेजहरुलाई तत्काल ठगी मुद्दामा कारबाही अगाडि बढाउन विशेष माग गर्दछौँ’ विद्यार्थी सङ्गठनको ज्ञापनपत्रमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस