सिरियामा नागरिक सुरक्षाबारे संयुक्त राष्ट्रसङ्घको चासो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिरियामा नागरिक सुरक्षाबारे संयुक्त राष्ट्रसङ्घको चासो


११ माघ २०७८, मंगलबार


संयुक्त राष्ट्रसङ्घ । सिरियामा नागरिक सुरक्षाको अवस्थाका बारेमा संयुक्त राष्ट्रसङ्घले गम्भीर चासो व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हालै मात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण र त्यसबाट नागरिक हताहत भएको विषयमा चासो व्यक्त गरेका हुन् ।

राष्ट्रसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा जेलमा रहेका नागरिकको सुरक्षा गम्भीर चासोको विषय हो भन्दै उनीहरु जेलमा पनि सुरक्षित रहन नपाउनु दुःखद हो भनेका छन् ।

केही दिन अघि सो नगरमा रहेको एक जेलमा हमला भएको थियो । त्यसमा रहेका कैयौँ व्यक्तिको ज्यान गएको थियो भने केही भागेर ज्यान बचाएका थिए ।

सिरियामा पछिल्लो समयमा बढ्दो असुरक्षाको पनि संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । त्यहाँ ठुलो संख्याका नागरिक विस्थापित भएकाले उनीहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा पनि जोड दिइएको हो ।

सिरियामा केही वर्षदेखि नै हिंसा जारी छ । हिंसाका कारण नै यहाँका नागरिकहरु ठुलो संख्यामा विस्थापित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस