टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित


११ माघ २०७८, मंगलबार


काठमाडौँ । टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल)मा सुरु गरिएको ‘मेयर दीर्घायु कार्यक्रम’ बढ्दो कोरोनाका कारण स्थगित गरिएको हो ।

‘म स्वस्थ मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको केन्द्रका प्रमुख डा एरिसा पौडेलले जानकारी दिए ।

उनले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि उक्त कार्यक्रम स्थगित गरिएको बताए ।

टोखाले नगरपालिकामा रहेका अशक्त ५० वर्षमाथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्नुका साथै ३० लाख बजेटसमेत विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस