कर्मचारी समायोजन र लोक सेवा परीक्षाबारेका मुद्दामा सुनुवाइ जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी समायोजन र लोक सेवा परीक्षाबारेका मुद्दामा सुनुवाइ जारी


११ माघ २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोक सेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ जारी छ ।

सर्वोच्च अदालतका अनुसार हिजो (सोमबार) हेर्दाहेर्दैमा राखिएको मुद्दाको आज सुनुवाइ भइरहेको हो ।

शिवहरि दाहाल, अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले दायर गरेका मुद्दाहरूको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ । मुद्दामा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ।

सर्वोच्चले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित सबै मुद्दालाई एकै मुद्दाको रूपमा (लगाऊ) राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। यससँगै २९ पुसबाट एकसाथ सुनुवाइ सुरु भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस