साउथ चाइना सीमा अमेरिकी लडाकुको विमान दुर्घटना « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

साउथ चाइना सीमा अमेरिकी लडाकुको विमान दुर्घटना


११ माघ २०७८, मंगलबार


काठमाडौँ । साउथ चाइना सीमा यूएसएस कार्ल भिन्सन नामक अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटनामा परेको छ ।

युद्धपोतको ल्याण्डिङ डेकमा दुर्घटना हुन अघि यूएस एफ–३५ विमानका पाइलट भने विमानबाट निस्कन सफल भएको अमेरिकी प्यासिफिल फ्ल्टिले जनाएको छ ।

नियमित अपरेसनका दौरान सो दुर्घटना भएको बताइएको छ । घटनामा सात जना घाइते भएका छन् । घाइते मध्ये तीन जनालाई फिलिपिन्सको मनिलास्थित अस्पतालमा पुर्‍याइएको थियो । पाइलटसहित उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।

सो दुर्घटनाबारे अनुसन्धान भइरहेको वक्तव्यमा भनिएको छ । एफ–३५सी विमान दुर्घटना भएको यो पहिलो पटक हो । अमेरिकी जल सेनाले युद्धपोतबाट अपरेशनका लागि यो सिंगल इन्जिन स्टेल्थ फाइटरको प्रयोग गर्दछ ।

यो विमान अमेरिकासहित जापान, दक्षिण कोरिया, बेलायत, अस्ट्रेलिया, इटाली, नर्वे, नेदरल्याण्ड र इजरायलले प्रयोग गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस