त्रिविले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

त्रिविले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने


९ माघ २०७८, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

सबै क्याम्पस तथा विभागले माघ १० भित्र अनलाइन कक्षाको रुटिन बनाइसक्नुपर्नेछ भने रुटिन डिन कार्यालयमा पठाउनुपर्नेछ ।

त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज (आइतबार) सूचना निकालेर माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

साथै अनलाइन कक्षा व्यवस्थित गर्न सहायक क्याम्पस प्रमुखको नेतृत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न पनि त्रिविले निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस