पर्सामा कोरोना संक्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्सामा कोरोना संक्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु


८ माघ २०७८, शनिबार


पर्सा । पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो । सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए । सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो ।

मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस