भोटिया खोलामा पुल निर्माण हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भोटिया खोलामा पुल निर्माण हुने


७ माघ २०७८, शुक्रबार


सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ । 

रु चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निर्माण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । 
इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ ।

खेतीपाती गर्न र कृषि उपज बजारसम्म पुर्‍याउनका लागि स्थानीय वासीलाई पुल अति नै आवश्यक भएकाले उपमहानगरपालिकाले पुल निर्माण गर्न लागेको हो ।

सो पुलको आज शिलान्यास गर्दै इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले नगरको स्रोतले भ्याएसम्म जनताको सेवामा समर्पित रहने बताए ।

उनले अहिलेसम्ममा सानाठूला गरी १९ वट पुल नगर क्षेत्रमा बनाइसकेको जानकारी दिँदै जनप्रतिनिधिको काम नै जनताको सेवा हो भने । 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए ।

वडा नं १५ का कार्यवाहक वडाध्यक्ष सुबोधनारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयवासीको एउटा ठुलो समस्या समाधान हुन लाग्दा खुसी व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस