धनुषामा प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

धनुषामा प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते


५ माघ २०७८, बुधबार


जनकपुरधाम । धनुषाको बटेश्वरमा गाउँपालिका-४ मा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ । हिजो (मंगलबार) राति असई मनोज पोखरेलमाथि लुटेरा समूहले आक्रमण गरेका हुन् ।

धनुषाका एसपी वसन्त रजौरेका अनुसार आक्रमणबाट असई पोखरेल घाइते भएका छन् । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएका पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ ।

भारतबाट फर्केर ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका ७ का अमित पासमानलाई लुटपाट गरेका थिए । घटनास्थल पुगेर संलग्नहरूलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि आक्रमण भएको बताइएको छ ।

लुटपाट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आक्रमण गरेको एसपी रजौरले बताए । घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस