सरकारद्वारा पीसीआर टेष्टको नयाँ शुल्क तोक्ने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारद्वारा पीसीआर टेष्टको नयाँ शुल्क तोक्ने तयारी


४ माघ २०७८, मंगलबार


काठमाडौँ । सरकारले कोभिड-१९ को परीक्षण (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार मंगलबार बेलुकी वा बुधवार सम्म नयाँ शुल्कको विषयमा निर्णय हुनेछ ।

हाल विगतमा सरकारले गरेको निर्णय अनुसार नै निजी अस्पतालहरुले पीसीआर टेष्टका लागि २ हजार रुपैयाँ लिँदै आएका छन् । 

तर, यो अहिलेको सन्दर्भमा महंगो भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि स्वास्थ्य सचिव पोखरेलले नयाँ शुल्क तोक्ने तयारी भएको जानकारी दिए।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले भने, ‘शुल्क समायोजनको समिति बनेको छ । त्यसको सिफारिसको आधारमा हामी आज बेलुका वा भोलिसम्म एउटा निर्णय गरेर निजी र सरकारी अस्पतालको पीसीआर शुल्क पुनः समायोजन गर्ने र आवश्यकता अनुसार पीसीआर फ्री गर्ने गरी एउटा निर्णयमा जान्छौं ।’

सांसदहरुले ८०० रुपैयाँमै पीसीआर टेष्ट गर्न सकिने विषय आएको भन्दै दुई हजार किन ? भनी प्रश्न गरेका थिए । 

साथसाथै सांसदहरुले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमै पीसीआर टेष्टको शुल्क लिने गरिएको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस