कोरोनाको जोखिम बढ्दै गएपछि राहदानी वितरण स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोनाको जोखिम बढ्दै गएपछि राहदानी वितरण स्थगित


४ माघ २०७८, मंगलबार


काठमाडौँ । कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ । 

उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ ।

विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ । 

अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस