ओमिक्रोनबाट अबको एक महिना कठिन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओमिक्रोनबाट अबको एक महिना कठिन


४ माघ २०७८, मंगलबार


काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट नेपालले अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या उच्च बिन्दुमा पुगेसँगै दैनिक २० हजार हाराहारीमा सङ्क्रमण पुष्टि हुन सक्नेछ । उक्त समयमा लक्षणसहितको सङ्क्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।

अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुने मन्त्रालयको प्रक्षेपण छ । सो समयमा अस्पतालमा उपचाररत सङ्क्रमितको सङ्ख्या झन्डै १४ हजारसम्म पुग्न सक्ने आङ्कलन गरिएको इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई जानकारी दिएका छन्।

ठुलो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएकाले अस्पतालको सेवा प्रवाहमासमेत समस्या हुन सक्ने देखिएको छ । उपत्यकाका ठुला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित हुने सङ्ख्या दिन दिनै बढ्दै जाँदा जनशक्ति अभाव हुन सक्ने देखिन्छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मात्र ३०० भन्दा बढी कर्मचारीमा सङ्क्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस