तेल किन्न ऋण लिनु पर्ने भयाे: आयल निगम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तेल किन्न ऋण लिनु पर्ने भयाे: आयल निगम


४ माघ २०७८, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ । आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एक (जनावरी १६ तारिख) मा निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालसम्मको तेल खरिदको भूक्तानीका लागि निगमले सञ्चित मुनाफा, मूल्य स्थीकरण कोषमा पठाईने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई तिरिएको सहप्रवक्ता पुस्कार कार्कीले जानकरी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस