वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनको सहमति « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनको सहमति


४ माघ २०७८, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयको थप गृहकार्यका लागि अर्को बैठक बस्ने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार (आज) बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

यस विषयमा थप गृहकार्य गरेर बैठक बिहीबार फेरि बस्ने भएको छ । बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।

तर, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल बैठकमा उपस्थित नभएको बताइएको छ ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस